काठमाडौं । कलाकार रुद्र पाहिमले लगातार रुपमा लिम्बु जातिले गाउने पाःलामलाई ‘आनी याक्थुङ्बा’ (हामी लिम्बु) मार्फत सिरिजरुपमा ल्याइरहेका छन् ।
यसपटक उक्त आनि याक्थुङ्बाको तीन र चार भाग एकैपटक सार्वजनिक गरेका छन् । तेह्रथुमबाट प्रतिनिधि सभा सदस्य रहेका भवानीप्रसाद खापुङको उपस्थितिमा सोमबार युङ्चाहिम रेष्टुरेन्ट नखिपोट ललितपुरमा पाःलामहरुको सार्वजनिक गरिएको हो ।
यसभन्दा अगाडि तमोर फिल्म्स युट्युव च्यानलमार्फत पहिलो र दोश्रो भाग ल्याएका पाहिमले तेश्रो तमोरबाट र चौथो चापेतीको आमा च्यानलमार्फत सार्वजनिक गरेका हुन् ।
आनी याक्थुङ ३ मा सुनिता थेगिम र सुमन लिम्बुको स्वर रहेको छ । यसलाई रुद्र पाहिमले रचना गरेका हुन् भने प्राज्ञ अशोक लोहरुङको एरेञ्ज र संगीत रहेको छ । भिडियोमा रुद्र पाहिम र पुष्पाञ्जली तिलिङ मादेन (चाप्पेतिको आमा) को अभिनय रहेको छ । मुकेश हुमागाइको छायांकन रहेको भिडियोलाई अनिल रानाले सम्पादन गरेका हुन् ।
त्यसैगरी आनि याक्थुङ्बा ४ मा सुमन लिम्बु, निरन्ता नेम्बाङ, गंगा फियाक लिम्बु र भिम सेनेको स्वर रहेको छ । उक्त पाःलाम नेम खापुङ लिम्बूको शब्द, यादन नुनाम सेर्माको संगीत रहेको छ । भिडियोमा रुद्र पाहिम, पुष्पाञ्जली तिलिङ (चाप्पेतिको आमा), राज सुब्बा, जानु लिम्बु, हेमु स्मृति चोङबाङ, शिब कुमार सम्बाहाङफे, रुपाञ्जली तिलिङ, पेजराज माबुहाङ, सुमन लिम्बु र पुष्पा दिवानी तिगेलाले धान नाचेका छन् ।
आनि याक्थुङ्बा ४ लाई छायांकन र सम्पादन बिबी लिम्बुको रहेको छ । दुवै पाःलामलाई दिनेश माङ्मु लिम्बुले निर्देशन गरेका हुन् ।