November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

इक्साहाङ चेम्जोङको गीत ‘बरको हाँगा’लाई दुईवटा अवार्ड

3.7K

काठमाडौ । आख्यानकार इक्साहाङ चेम्जोङद्धारा लिखित ‘बरको हाँगा’ बोलको गीतले दुईवटा जुरी अवार्ड प्राप्त गरेको छ । गतसाल रेकर्ड भएको सो गीतलाई चन्द्र श्रेष्ठले संगीत गरेका हुन् भने आवाज गायिका निरन्ता नेम्बाङको रहेको छ ।

राजु कार्कीले एरेन्ज गरेको उक्त गीतबाट आधुनिक गीत पब्लिक च्वाइस बेस्ट भोकलमा निरन्ता नेम्बाङ र आधुनिक गीतको शब्दबाट इन्करेजमेन्ट अवार्ड इक्साहाङ चेम्जोङले पाएका हुन् ।

क्वालिटी इन्टरटेमेन्ट फिल्मस् प्रा.लि. को आयोजनामा भएको सो कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष माननीय गणेश तिमिल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

Advertisement

राष्ट्रिय नाचघरको हलमा भएको उक्त कार्यक्रमबाट कला संगीतका स्रष्टा सहित समाजसेवा सम्मान र अवार्ड वितरण गरिएको थियो ।