April 28, 2024, Sunday
२०८१ बैशाख १६
1:37:26 pm

बेलायतमा चलचित्र ‘डिग्री माइला’ प्रदर्शन हुने

765

लण्डन । रामबाबु गुरुङ निर्देशित चलचित्र ‘डिग्री माइला: एमए थर्ड क्लास’ बेलायतमा प्रदर्शन हुने भएको छ । नेपाली नयाँ वर्ष २०८१ को अवसर पारेर चलचित्रको बेलायत प्रदर्शन गर्न लागिएको हो ।

केटुएस, जीनाइन इन्टरटेनमेन्ट र दास इन्टरटेनमेन्टको संयुक्त आयोजनामा बेलायतका अल्डरसट, आशफोर्ड, स्वीण्डन, रेडिङ, मेडिस्टोन, हेजलगायत एक दर्जन बढी स्थानमा चलचित्र प्रदर्शन गर्न लागिएको हो ।

आयोजकका अनुसार बेलायतको पहिलो शो अल्डरसटस्थित प्रिन्सेस हलमा आउँदो अप्रिल १४ तारिख दिउँसो १ बजे प्रदर्शन हुनेछ ।

Advertisement

बासुरी फिल्मस् प्रोडक्सनको ब्यानरमा निर्माण रहेको ‘डिग्री माइला’को टिजर सार्वजनिक भइसकेको छ । दर्शकको राम्रो प्रतिक्रिया पाइरहेको यस चलचित्र बैशाख १ गते नेपालभर प्रदर्शनमा आउने छ ।

दयाहाङ राईको निर्देशनमा २०७१ सालमा मण्डला थिएटरमा तीनपटक मन्चन भएको ‘डिग्री माइला’ नाटकमा आधारित रहेर चलचित्र निर्माण भएको हो । 

चलचित्रमा दयाहाङ राई, आँचल शर्मा, माओत्से गुरुङ, प्रकाश घिमिरे, बुद्धी तामाङ, विजय बराल, कमलमणि नेपाल, शेखर चापागाईं, हिँउवाला गौतम, सोमनाथ खनाल, पशुपति राई, लोकेन्द्र लेखक, अनिल सुब्बा, घनश्याम जोशी लगायत कलाकारहरुको अभिनय रहेको छ ।