November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

सूचना प्रविधि क्षेत्रमा फड्को मार्न तया अवस्थामा नेपाल: राजदुत आचार्य

1.5K

लन्डन । बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपालमा सूचना प्रविधि क्षेत्रमा फड्को मार्न नेपाल तयारी अवस्थामा रहेको बताएका छन्। मंगलबार नेपाली दूतावास लन्डनद्वारा आयोजित एक कार्यक्रममा बोल्दै उनले युवा, शिक्षित तथा मेहनती जनसंख्या बढ्दै गएको र सूचना र प्रविधि क्षेत्रमा फड्को मार्न तयार रहेको बताएका हुन् ।

राजदूत आचार्यले नेपाललाई सूचना प्रविधिको ‘हब’ को रुपमा विकास गर्न सरकारले सूचना प्रविधि विज्ञहरु, निजी क्षेत्र तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुसंग सहकार्य गर्न खोजी रहेको पनि बताए । उनले ब्रिटिश कम्पनीहरुलाई नेपाली कम्पनीहरुसँग मिलेर काम गर्न र नेपालमा लगानी गर्न पनि आग्रह गरे ।

यसैगरी कार्यक्रममा बोल्दै संचार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिल कुमार दत्तले गएको एक दशक भित्रै सूचना प्रविधिको क्षेत्रमा नेपालले फड्को मारेको बताए । कानुनी तथा भौतिक पूर्वाधार विकासको लागि नेपाल सरकारले काम गरिरहेको बताए ।

Advertisement