March 24, 2025, Monday
२०८१ चैत्र १२
1:37:26 pm

लण्डनका व्यवसायी सूर्य गुरुङद्धारा पोखराको एक अक्षयकोषलाई आर्थिक सहयोग

२०७९ फाल्गुन २४

1.7K

लण्डन । व्यवसायी सूर्य गुरुङले नेपालको एक अक्षयकोषलाई आर्थिक सहयोग गरेका छन् । गुरुङद्धारा सञ्चालित गोर्खा प्यालेस रेष्टुराँको २४औँ स्थापना दिवसको अवसरमा अति विपन्न समुदायलाई लक्षित गरी पोखरामा स्थापना गरिएको अक्षयकोषका लागि करिब पाँच लाख नगद सहयोग गरेका हुन् ।

बेलायतमा व्यवसाय संचालन गर्दै आएका गुरुङले यसअघि पनि शिक्षा र खेलकुदका क्षेत्रमा आर्थिक सहयोग गर्दै आएका छन् । बेलायतमा हालै सम्पन्न नेपाली राजदूत ज्ञानचन्द्र आचार्यको उपस्थितिमा आयोजित एक कार्यक्रमबीच गुरुङले उक्त अक्षयकोषका लागि रकम हस्तान्तरण गरेका थिए ।

धेरै क्षेत्रमा सहयोग गरेका समाचार आए पनि विपन्न समुदायका नागरिकलाई खेलकुदका क्षेत्रमा कसैले चासो नदेखाएकाले विपन्न समुदाय लक्षित उक्त अक्षयकोषमा आफूले सहयोग गरेको गुरुङको भनाइ थियो ।

Advertisement

सोही अवसरमा राजदूत आचार्यले संसारका जुनसुकै देशमा रहेर व्यवसाय गरेका नेपालीहरुले आफ्नो समाजका लागि यसरी सहयोग गर्नु प्रशंसनीय कार्य रहेको बताएका थिए ।

नेपालमा २०७२ मा गएको भूकम्पका पीडितलाई सहयोग जुटाउन लण्डनस्थित नेपाली दूतावासले सञ्चालन गरेको सहयोग अभियानमा आर्थिक संयोजक रहेका गुरुङले ६ करोडभन्दा बढी रकम सङ्कलन गरेका थिए । यसैगरी उनले पोखरा रङ्गशाला स्थापनाका लागि रु ४७ लाख जम्मा गरेका थिए ।

सो अक्षयकोष सञ्चालक समितिका अध्यक्ष दिलबहादुर गुरुङले यस कोषको रकम रु एक करोड पुरयाउने लक्ष्य रहेको जानकारी दिए ।