April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

बेलायतमा मातृभाषा साहित्य उत्सव हुँदै

2.5K

लन्डन । बेलायतमा मातृभाषा दिवस मनाइने भएको छ । दुई वर्षअघि शुरु भएको मातृभाषा साहित्य उत्सव यो वर्ष पनि हुने भएको हो ।

मातृभाषाका सर्जकहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले विश्व मातृभाषा दिवसको अवसरमा फेब्रुअरी १९ आइतबारका दिन दिन साहित्य उत्सव मनाउन लागिएको आयोजकले जनाएको छ ।

विश्व नेपाली साहित्य महासंघ (विनेसाम), दक्षिण यूके र पश्चिम यूकेको आयोजना र आदिवासी जनजाति साहित्यकार लेखक महासंघको सहआयोजनामा उत्सव हुन लागेको हो ।

Advertisement

आयोजकहरुको बैठकले मातृभाषालाई अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्यले केही वर्ष अघिदेखि बेलायतमा मातृभाषा साहित्य उत्सव सुरु गरेको र यस वर्ष पनि निरन्तरता दिँदै कार्यक्रम गर्ने लागको आयोजकले जनाएको छ । उत्सवमा देश विदेशबाट मातृभाषाका सर्जकहरू सहभागी हुनेछन् ।

भर्चुअल माध्यम जुमबाट हुन लागको उक्त कार्यक्रम बेलायतको समयअनुसार १२ बजे र नेपालको समयअनुसार बेलुकी ५ः४५ बजे सुरु हुनेछ ।

यस वर्षको २४ औँ विश्व मातृभाषा दिवस भने फेब्रुअरी २१ मङ्गलबारका दिन परेको छ ।

उत्सवको संयोजक अमित थेवेका अनुसार पहिलो वर्ष कविता विधामा रचनाहरू सुनिए भने दोस्रो वर्ष गीत विधामा उत्सव केन्द्रित रहेको छ । ‘विभिन्न मातृभाषा वा राष्ट्रभाषामा यसपटक पनि सर्जकहरूले आफ्नो रचना सुनाउनेछन् । यस वर्ष भने जुनसुकै विधामा पनि सर्जकले १५० शब्दभित्र रहेर सिर्जना सुनाउन सक्नेछन् ।’, संयोजक थेवेले भने ।

हालसम्म उत्सवका लागि याक्थुङ लिम्बु, राई समुदायबाट बान्तावा, थुलुङ र वाम्बुले, तामाङ, शेर्पा, गुरूङ, नेवार, मगर समुदायबाट ढुट, काइके र खाम, छन्त्याल, थारू, धिमाल, सिङ्सा(भोटे), खस, सुनुवार, याक्खा लगायतका मातृभाषाबाट सिर्जना प्रस्तुत हुने तय भइसकेको संयोजक थेवेले बताए ।