लन्डन । गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) को सभापतिमा पुनः कृष्णकुमार राई निर्वाचित भएका छन् । शनिबार अल्डरसटस्थित एम्पायर हलमा भएको चौंथो अधिवेशनले राईको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
अधिवेशनले १० जना उपसभापतिहरु निर्वाचित गरेको छ । निर्वाचित उपसभापतिहरुमा जीतबहादुर राई, मणी किरात बान्तावा, धर्मबहादुर तामाङ, क्षेत्रकला राई, तीर्खबहादुर पुन, डम्बरबहादुर लिम्बु, प्रेमजंग शाही, हेमबहादुर तामाङ, विमला राई र मिना राई रहेका छन् ।
यस्तै, महासचिवमा नरहाङ राई निर्वाचित भएका छन् भने उपमहासचिवहरुमा वुद्धिराज राई र मानबहादुर गुरुङ, सचिवमा राजकाजी गुरुङ, वसन्ती बुढा र वसुन्धरा याख्या राई निर्वाचित भएका छन् । कोषाध्यक्षमा देवीमाया पुन र सहकोषाध्यक्षमा शहरमान तामाङ, उत्तरकुमार सुन्दास र देवीकुमार राई निर्वाचित भएका छन् ।
समितिको केन्द्रीय सदस्यहरुमा नवराज राई, ज्ञानेन्द्र राई, खम्बासिंह राई, जसबहादुर गुरुङ, लंकबहादुर गुरुङ, रामप्रसाद गुरुङ, मानबहादुर राई, महेन्द्र गुरुङ, खड्गचन्द्र राई, केशबहादुर पुन, बर्मन रोका, भानुभक्त राई, कमला सुचा राई, विमाया पुन, फुलमाया पुन, धनकुमारी पुन, चनमाया पुन, मुना जवेगु, शान्तिमाया लिम्बु, बिना इग्नाम, लालसुन्दर राई, शुकराज राई, रामबहादुर देउसाली, वालकृष्ण राई, ओमकुमारी पूर्जा, रामकुमार राई, विनोदकुमार राई, जगतलाल प्रधान, यान्का आले, कमल थुलुङ, रामचन्द्र राई, रविन राई, झविन्द्र थापा, सुशिला राई, अशोक गुरुङ, राम राई र हेमप्रसाद छन्त्याल निर्वाचि भएका छन् ।
नवनिर्वाचित कार्यसमितिलाई अध्यक्ष हेमबहादुर तामाङले शपथ खुवाएका थिए ।
अधिवेशनले प्रेमजंग शाहीको संयोजकत्वमा विधान संशोधन गरि पारित गरेको छ । सो अवसरमा कोषाध्यक्ष देवीमाया पुनले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् भने सभापति कृष्णकुमार राईले सांगठनिक प्रतिवेदन र भावी कार्यक्रमबारे प्रतिवेदन प्रस्तुत गरेका थिए । ति सबै प्रतिवेदन सर्वसम्मत पारित गरिएको थियो ।
नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक अक्टोबर ११ मा बस्ने भएको छ । उक्त बैठकले गोर्खा आन्दोलनलाई अझ सशक्त रुपमा लैजान विभिन्न निर्णय गर्ने अपेक्षा गरिएको छ ।