लन्डन । बेलायतमा तिहार विशेष कार्यक्रम तय गरिएका छन् । बेलायतस्थित विभिन्न संघसंस्थाले तिहारको अवसरमा देउसी–भैलो कार्यक्रम गर्ने तयारी गरेका हुन् ।
१६ अक्टोबर आइतबार मोना युथ क्लव यूकेले आउदो देउसी–भैलो कार्यक्रम राख्ने भएको छ । नेपाली कला संस्कृति र संस्कार जगेर्नाका लागि देउसी–भैलो कार्यक्रम गर्न लागिएको आयोजकले जनाएका छन् । बेलायतको अल्डरसटस्थित एम्पायर हलमा हुने उक्त कार्यक्रममा नेपालदेखि आएका चर्चित कलाकारहरूको त रहने छ ।
यस्तै, नेपाली कलाकार प्रस्तोता समाज, बेलायतले पनि २३ अक्टोबरका दिन सेन्ट फ्रान्सिस चर्च हद आसफोर्डमा ‘तिहार विशेष’ कार्यक्रम गर्ने भएको छ भने १७ अक्टोबर सोमबारका दिन शान्ति नेपाली समाज बेलायतले पनि बर्मिङघममा दशैं तिहार कार्यक्रम गर्ने भएको छ । न्यू नाइट इन बैंक्यूटिङ सुइटमा गायक विलन थापामगर र गायिका गीता पाइजा पुनको सहभागितामा कार्यक्रम हुंदैछ ।