November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

बेलायतको वेस्लीहिथमा पीपल ग्रुपको छैठौँ शाखा विस्तार

2.5K

लन्डन । बेलायतमा पीपल ग्रुपले आफ्नो नयाँ शाखा विस्तार गरेको छ । लामो समयदेखि फाईनान्सियल (वित्तीय) सेवा प्रदान गर्दै आईरहेको ग्रुपले छैठौँ शाखाको रुपमा साउथ इष्ट लण्डनको वेस्लीहिथमा नयाँ शाखा विस्तार गरी सेवा आरम्भ गरेको हो ।

नेपाली व्यवसायीहरुद्धारा ७ वर्ष अगाडी सुरु भएको यस पीपल ग्रुपले बेलायतमा मोर्गेजेज, प्रोटेक्सन्स, होम इन्स्योरेन्स, कमर्शियल फाइनन्स, विल्स तथा प्रोेपर्टी सेल्स, लेटिङ्गस तथा म्यानेज्मेन्ट लगायतका सेवाहरु प्रदान गर्दै आएको थियो ।

औपचारिक उद्घाटन समारोहममा बोल्दै पीपल ग्रुपका निर्देशक सूर्य प्रकाश गुरुङले बेलायतमा ग्राहकहरुकै माया, सदभावसगैं सुविधाका लागि नयाँ शाखा वेस्लीहिथमा विस्तार गरिएको बताए । शाखा शुभारम्भ कार्यक्रममा स्थानीय नेपालीहरु समेत बाक्लो उपस्थिति रहेको थियो ।

Advertisement

कार्यक्रममा बेक्स्ली नेपाली समाजका अध्यक्ष आनन्द धरेल, पूर्व अध्यक्ष बिजय गुरुङ, राजेश पाठक, सुशील प्रजापति, सचिन श्रेष्ठ, लछुमन गुरुङ, डा सुदर्शन गुरुङ, सुर्य केशी सुरज मास्के लगायतको उपस्थिति रहेको थियो ।

बेलायतको फाईनान्सियल सेक्टरमा लामो अनुभव भएका निर्देशक गुरुङ पीपल मोर्गेजेज र पीपल स्टेट एजेन्टस्का निर्देशक पनि हुन् । दुई कम्पनीमा रहेको पीपल ग्रुपमा हाल ४० जना भन्दा धेरै कार्यरत रहेका छन्