April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

रीता फोम्भो ठूलीको निर्माणमा पाःलाम ‘मिक फुल्ला लाजे चुम्लुङ तुम्देन’

4.8K

लन्डन । रीता फोम्भो ठूलीको निर्माणमा पाःलाम ‘मिक फुल्ला लाजे चुम्लुङ तुम्देन’ को छायांकन सम्पन्न भएको छ । गीतकार नेम खापुङको शब्द र दुर्गा तुम्साको लय संकलन रहेको उक्त पाःलाममा ब्रबिम सेर्मा र दुर्गा तुम्सा स्वयंको आवाज रहेको छ भने गंगा फियाक र जीवन केदेमले पनि गायनमा साथ दिएका छन् ।

उक्त गीतलाई शैलेन्द्र नाल्बोले प्रायोजन गरेका हुन् । लिम्बु समुदायको पर्व ‘सिसेक्पा तङ्नाम’को अवसरमा बेलायतको चुम्लुङदेनमा छायांकन गरिएको उक्त भिडियोमा सर्मिला यक्सो र अन्जान राजनको मुख्य भूमिका रहेको छ । यस्तै, विरुहाङ सम्वाहाम्फे, लक्ष्मी खापुङ, लोक फोम्बो लिम्बु, गजेन फोम्बो, मनमाया लिम्बु, बुधरानी लिम्बु,नेम खापुङ, देउकुमार लुम्फुङ्वा, चरीमाया लिम्बु र सुर्यकुमारी लिम्बुले पनि अभिनयमा साथ दिएका छन् ।

भिडियोलाई नेम खापुङ र रीता फोम्बो ठूलीले निर्देशन गरेका हुन् । यस्तै, भिडियोको छायांकन र ड्रोन कृष्ण मेन्याङ्बोको रहेको छ ।

Advertisement

‘आर्टिष्ट अफ द इयर –२०२२’ सम्मान लिँदै रीता फोम्बो ठूली ।

निर्मात्री, गीतकार तथा समाजसेवी रीता फोम्बो ठूली पछिल्लो समय निकै सक्रिय छिन् । भर्खरै उनलाई किरात याक्थुङ चुम्लुङ युकेले ‘आर्टिष्ट अफ द इयर –२०२२’ द्धारा सम्मान गरेको छ । उक्त पुरस्कार कियाचुले वर्षमा एकपटक उत्कृष्ट कलाकारलाई दिँदै आएको छ ।

‘मिक फुल्ला लाजे चुम्लुङ तुम्देन’ भिडियो चाँडै नै रीता फोम्बो ठूलीको युट्युब च्यानलबाट सार्वजनिक हुने उनले जानकारी दिइन् ।