काठमाडौँ । नेपाल प्रेस काउन्सिलले कर्मचारीका लागि आवेदन आह्वान गरेको छ । काउन्सिलमा अधिकृत प्रशासन (छैटौँ) सहित १२ जनाका लागि जागिर खुलेको हो ।
काउन्सिलले शुक्रबार सार्वजनिक गरेको बिज्ञापन अनुसार आगामी २०८० जेठ १८ सम्म आवश्यक योग्यता पुगेका उम्मेदवारले निवेदन दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेमा जेठ २५ सम्म निवेदन दिन सक्नेछन् ।
जसअनुसार अधिकृत (प्रशासन) छैठौंमा खुल्ला र महिला गरी २ जना, अधिकृत (लेखा)मा महिला १ जना, सहायक स्तर (पाँचौँ) खुल्लामा २, महिला १, आदिवासी जनजाति १ गरी चार जना, सहायक स्तर चौथो खुल्ला, २, महिला, १ र आदिवासी जनजाति १ गरी ४ जनाको माग गरिएको सूचनामा उल्लेख गरिएको छ ।