April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

मनपरी गरिरहेका मेनपावर कम्पनीलाई कारबाहीको दायरामा ल्याउन सांसद  राईको माग  

1.5K

काठमाडौं । राष्ट्रियसभा सदस्य तथा नेकपा एकीकृत समाजवादीकी उपाध्यक्ष जयन्ती राईले वैदेशिक रोजगारीको नाममा मनपरी गरिरहेका मेनपावर कम्पनीहरूलाई कारबाहीको दायरामा ल्याउन माग गरेकी छन् । उनले मेनपावर कम्पनीहरूले मनपरी ढंगले विदेश पठाइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी हुन् ।

आइतबार राष्ट्रियसभाको बैठकमा बोल्दै सांसद राईले नक्कली कागजपत्र बनाएर मनपरी गरिरहेका त्यस्ता व्यवसायीहरूमाथि सरकारले कारबाही गर्नुपर्ने माग राखेकी हुन्।

नागरिकलाई सरकारले वैदेशिक रोजगारीमा जाने र सुरक्षितसँग काम गर्ने वातावरण सिर्जना गर्नुपर्नेमा सांसद राईको जोड थियो  । वैदेशिक रोजगारीमा पठाउनेहरूल मनपरी गरिरहेको भन्दै ‘उनीहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्छ की पर्दैन ? जे गर्दा पनि खुला रूपले भइरहेको छ । यो ढंगले यसको दुःख र कष्ट आज गरिब, निमुखा जनताले भोगिरहेका छन्  ।’, उनले भनिन् ।

Advertisement

सरकारले वैदेशिक रोजगारीमा जानेलाई सुरक्षित र स्वतन्त्र ढंगले काम गर्ने वातावरण सिर्जना हुने वातावरण निर्माण गर्न साथै स्वदेशमा नै उद्योगधन्दा खोलेर उनीहरुलाई रोजगारीको सिर्जना गर्नुपर्ने राईको माग थियो ।