April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

ग्रील तथा स्टील व्यवसायी संघको अधिवेशन तथा नवौं साधारणसभा सम्पन्न

3.7K

काठमाडौं । ग्रील तथा स्टील व्यवसायी संघको अधिवेशन भव्य रुपमा सम्पन्न भएको छ । काठमाडौं पश्चिम क्षेत्र र सो अन्तर्गतका बालाजु,चमती, खुशीबूँ इकाई, सामाखुसी, गोङ्गबु इकाई, सानो भर्‍याङ, ठूलो भर्‍याङ इकाई र सितापाईला इकाईको संयुक्त नवौं साधारणसभा तथा तेस्रो अधिवेशन भव्य रुपमा सम्पन्न भएको हो ।

शनिबार काठमाडौको स्वयम्भूस्थित स्टर बैंक्वेटमा सम्पन्न उक्त साधारणसभा तथा अधिवेशनले नयाँ समितिहरुको चयन गरेको छ । अधिवेशनबाट बालाजु, चमती, खुसीबूँ इकाई अध्यक्षमा राजकुमार खड्का, सामाखुसी, गोङ्गबु इकाई अध्यक्षमा गोपाल विक, सानो भर्‍याङ ठुलो भर्‍याङ इकाई अध्यक्षमा दिलिप लामा, सितापाईला इकाइ अध्यक्षमा राजकुमार राई निर्विरोध निर्वाचित भएका छन् । पश्चिम क्षेत्रमा भने शैलेस ठकुरीले नै अध्यक्षको जिम्मेवारी पाएका छन् ।

पश्चिम क्षेत्रका अध्यक्ष शैलेस ठकुरीको शभापतित्व र ग्रील तथा स्टील व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष निरन्जन कुमार श्रेष्ठ, प्रथम उपाध्यक्ष ठुलोबाबु श्रेष्ठ, उपाध्यक्ष केदार अधिकारी, महासचिव विवेकदास श्रेष्ठ काठमाडौं जिल्लाका अध्यक्ष यज्ञदास श्रेष्ठ, काठमाडौं जिल्लाका महासचिव राजुलाल श्रेष्ठ, काठमाडौं पुर्वी क्षेत्रका अध्यक्ष रोहित श्रेष्ठ, पुर्वी क्षेत्रका इकाई अध्यक्षहरु, पश्चिम क्षेत्रका इकाई अध्यक्ष तथा पदाधिकारीहरु, ग्रील तथा स्टील व्यवसायका व्यवसायी तथा कर्मचारीहरु, विभिन्न क्षेत्रका समाजसेवीहरुको उपस्थिति रहेको थियो ।

Advertisement

कार्यक्रममा बोल्दै प्रमुख अतिथि मोहन कुटवालले ग्रील व्यवसायलाई सम्मानित व्यावसायको रुपमा स्थापित गर्नुपर्ने बताए । ‘काम गर्दै जाँदा व्यावसायीले सोचेजस्तो नभए तापनि जेजति गर्न सकेकोमा गर्व गर्नुपर्छ । आज व्यवसायीले एकले अर्कालाई सहयोग र चासो दिने वातावरण भएको छ । एकले अर्कालाई दोसारोपण गर्नभन्दा पनि यसलाई सम्मानित व्यावसायको रुपमा स्थापित गर्नुपर्छ ।’, उनले भने ।

कसरी न्यूनतम सेवासुविधा दिन सकिन्छ भन्नेतर्फ व्यावसायीहरु लाग्नुपर्ने उनको जोड थियो । उनले भने, ‘हामीले गुणस्तरीय सेवाहरु प्रदान गर्ने हो । खाली नाफाकै नाममा मात्रै लागेर उपभोक्ताहरुमाथि अन्याय गर्नु हुँदैन । त्यो दिगो हुन सक्तैन । नेपाल सरकारले तोकेको मूल्यसूचीलाई आधार मानेर महासंगले प्रकाशन गरेको छ । त्यस सूचीलाई मात्रै आधार मानेर काम गर्ने हो भने पनि हामीले राम्रो प्रतिफल पाउन सक्छौं ।

कार्यक्रममा पश्चिम क्षेत्रका अध्यक्ष शैलेस ठकुरीले आफ्नो प्रतिवेदन प्र्रस्तुत गर्दै यस संस्थालाई व्यवस्थित बनाएर अगाडी बढाउन महासंघ, जिल्ला, क्षेत्र, इकाई तथा व्यवसायीहरुको आ—आफ्नै ठाउँमा महत्वपूर्ण भूमिका रहने बताए । यस्तै, आफ्नो क्षेत्र अन्तर्गत रहेका व्यवसायी तथा मजदुरहरुको समस्यामा सक्दो सहयोग गर्नुका सार्थ अन्तर संस्था तथा व्यवसायीवीच नियमित अन्तरक्रिया गर्दै आइरहेको र फलाम जन्य वस्तुको मूल्य बृद्धिविरुद्ध विभिन्न चरणबद्ध कार्यक्रमहरुमा सकृय सहभागिता जनाएको बताए ।

कार्यक्रममा पश्चिम क्षेत्र अन्तरगतका चारवटै इकाईका अध्यक्षहरुले स्वागत मनतव्यको साथमा आफ्नो इकाईको प्रगति प्रतिवेदन पेश गरेका थिए । प्रायः सबै इकाइका अध्यक्षहरुले ग्रिल व्यावसायलाई पुँजीको केन्द्रिकरण गरेर ठूलो उद्योगको रुपमा स्थापित हुन या गराउन नसकेको गुनासो राखेका थिए । राज्यले ल्याएको केहि विभेदकारी नितिको कारण ग्रील व्यवसायीहरू धरापमा पर्दै आईरहेको पनि बताएका थिए ।

कार्यक्रममा विशेष व्यक्तित्वहरुलाई सम्मान गर्नुका साथै मायाको चिनो प्रदान गरिएको थियो ।