April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

वैदेशिक रोजगार सम्बन्धी कानून व्यवसाय र कामदार मैत्री हुनुपर्छः नेता प्रकाश ज्वाला

1.4K

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव तथा सांसद् प्रकाश ज्वालाले वैदेशिक रोजगार सम्बन्धी कानून व्यवसाय र कामदार मैत्री हुनुपर्ने बताए । आइतबार नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आसन्न निर्वाचनलाई लक्षित गर्दै घोषणा भएको डा. इश्वर जि.सीको नेतृत्वको प्यानल घोषणा कार्यक्रममा बोल्दै नेता ज्वालाले वैदेशिक रोजगार ऐन ०६४ लाई समयानुकूल परिमार्जन र परिष्कृत गर्दै लैजानु पर्नेमा जोड दिए ।

नेता ज्वालाले राज्यले वैदेशिक रोजगार व्यवसायीहरुसँग लिएको १७ अर्ब बढी धरौटी रकम डम्पिङ भएको प्रसङ्ग निकाल्दै उक्त रकमसहित श्रमिकहरुले कमाएको रकमको सुनिश्चितता र सुरक्षित लगानीको अवसर राज्यले सृजना गर्नुपर्नेमा जोड दिए । उनले सेवा शुल्कको नाममा अनावश्यक ¥याइ¥याइ भइरहेको भन्दै सस्तो लोकप्रियताले पनि त्यति राम्रो नगर्ने बताए । श्रमिक व्यवसायी र सरकारको तादाम्यता जरुरी भएको भन्दै राज्य श्रमिक र व्यवसायी सबैको जितको आवश्यकता सृजना हुने अवस्थाको खोजी गर्नुपर्ने बताए ।

वैदेशिक रोजगारीका नाममा भएका तमाम खाले सिन्डिकेट र कार्टेलिङको कारण विचौलियाहरुलाई फाईदा भएको भन्दै व्यवसायलाई निश्चित व्यक्तिको घेराबन्दीबाट मुक्त गर्नुपर्ने बताए । उनले व्यवसायको हक हित र कामदारको सुरक्षाका सवाल वैदेशिक रोजगार व्यवसायमा भएका मुख्य समस्यालाई अबको यो प्यानलले समाधान गर्नेमा समेत आफूहरू विस्वस्त भएको बताए ।
आइतबार मात्र नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्र निकट व्यवसायीहरूले डा. इश्वर जिसीको नेतृत्वमा १७ सदस्यीय उम्मेदवारी सार्वजनिक गरको छ ।

Advertisement