April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

श्रमिककोे हित र व्यवसायीको सम्मान हुनेगरी काम गर्नु आवश्यक छ: जनार्दन शर्मा

1.8K

काठमाडौ । नेपाल बैदेशिक रोजगार व्यवसायी संघको आसन्न निर्वाचनमा नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्र सम्बद्ध व्यवसायी संयुक्त प्यालनसहित चुनावमा गएका छन् । माओवादीको समर्थन बाट डा. ईश्वर जिसीलाई अध्यक्ष, एकीकृत समाजवादी तर्फबाट बाबुराम खड्कालाई द्वितीय उपाध्यक्षको उम्मेदवार बनाई १७ सदस्यिय प्यानल तयार गरी आइतबार काठमाडौंमा उम्मेद्वार घोषणासभा गरेको छ ।

यही माघ ६ मा सम्पन्न हुने वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा संघलाई सर्वसहमतको प्रयार वाट साझा उम्मेद्वारी दिने काम असफल भएपछि माओवादी केन्द्र र एकीकृत समाजवादीको तर्फबाट प्यानल तयार भएको बताएका छन् ।

घोषणा सभामा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा र नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाको उपस्थितिमा घोषणासभा सम्पन्न भएको हो । सो प्यानलबाट जिसीको अध्यक्षतामा प्रथम उपाध्यक्षमा धनलाल जैसी, द्वितिय उपाध्यक्षमा वावुराम खड्का तृतीय उपाध्यक्ष अनिल बोगटी, महासचिव मधुकर रिजाल,सचिवमा टक्करबहादुर पाख्रिन, कोषाध्यक्षमा केदारनाथ अधिकारी,सदस्यहरुमा प्रेमबहादुर गिरी,देविमाया थापा,एकनारायण काफ्ले, फिरोज खान,कामेश्वर साह, हरिबहादुर गिरी,सन्दीप पुडासैनी,गणेश कुवर, सरोज कुशवाह शिवबहादुर कुँवर रहेका छन् ।

Advertisement

घोषणा सभामा बोल्दै नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका शर्माले श्रमिककोे हित र व्यवसायीको सम्मान हुनेगरी काम गर्नु आवश्यक रहेको बताए । पूर्वअर्थमन्त्री शर्माले भने, ‘रोजगार व्यवसायी र श्रमिकहरूबीच सम्बन्ध सुमधुर हुनुपर्छ र सरकारले त्यसको मध्यस्थताको काम गर्नुपर्छ । मजदुरहरू कतै नठगिउन् भनेर सजग हुनुपर्यो । मजदुरहरूको हितका लागि काम गर्नुपर्छ,, एकातिर व्यवसायीले मजदुरको हक हितको लागि ध्यान दिनुपर्छ र सरकारले पनि व्यवसायीका समस्या समाधानका लागि ध्यान दिनुपर्छ ।

वर्तमान सरकार रोजगार व्यवसायीका तमाम समस्याबारे जानकार रहेको भन्दै नेता शर्माले सेवा शुल्क सुरमा राम्रो देखिएको तर रूपमा समस्याग्रस्त देखिएको बताए । पारदर्शी ढङ्गबाट शुल्क सम्बन्धी समस्याको हल गरिने उनले बताए । ‘मेडिकलको समस्या छ । स्वीकृतिको समस्या छ । यी तमामसमस्याहरूको हल गर्नुपर्ने भएकाले सरकार अगाडि बढ्नुपर्छ ।’, शर्माले भने । उनले बैदेशिक रोजगार ऐनमा समयानुकुल परिमार्जन गरी मजदुर व्यवसायी र सरकारको जित हुने खालको बन्नुपर्ने धारणा राखे । रेमीटेन्स र संचित कोशमा जम्मा भएको रकमको उचित प्रयोग र परिचालन र सहि सदुपयोगको समेत खाँचो औल्याए ।