July 19, 2024, Friday
२०८१ श्रावण ५
1:37:26 pm

मलेसियामा १९ नेपाली कामदार अलपत्र

1.3K

गोरखा ।रोजगारीको शिलशिलामा मलेसिया पुगेका १९ जना नेपाली अलपत्र परेका छन् । आठ दिनदेखि उनीहरू केलाङ भन्ने सहरको एक भवनभित्र तेस्रो तलामा बन्धक बनाइएका छन् ।

काठमाडौंस्थित सानेपाको खोजी रिक्वायरमेन्ट मेनपवार कम्पनीबाट भदौ २३ गते मलेसियास्थित हङ टिज चिकेन सप्लायर्समा उनीहरु कामका लागि पुगेका थिए ।

जनवरी १ तारिखका दिन कम्पनीको ‘बोस’ले रौतहट घर भएका हिरालाल राउतलाई कुटपिट गरेपछि अन्य कामदारले विरोध जनाएसँगै उनीहरु कामबाट निकालिएका हुन् । अन्धकार कोठाभित्र आठ दिन बिताएका युवाहरुले उद्धारका लागि सामाजिक सञ्जाल मार्फत् हारगुहार गरेका छन् ।

Advertisement

बारम्बार कम्पनीका बोसबाट कामदारलाई कुटपिट र यातना दिने क्रम नरोकिएपछि विरोध गर्दा आफूहरुलाई कम्पनीले निकालेको गोरखाको सहिद लखन गाउँपालिका–६ का ठाकुर रेग्मीले बताए । ‘१ तारिखका दिन २५/२५ किलोको दुईवटा बोरा एकै पटक दुई हातले उचाल्न नसकेको भन्दै एक जना साथी(हिरालाल राउत) माथि कुटपिट भएछ, सामान्य विषयमा कुटपिट गरेको साथीले भनेपछि हामीले ठूलो बोसलाई कुटपिटका बामा बतायौँ,’ उनले भने,‘हामीसँगै हुँदा ठूलो बोसले सानो बोसलाई किन कुटिपट गरेको भनेर पनि सोधे, केही बेरपछि चाइनिज एजेन्ट आए, हाम्रो भिसा लागेको पासपोर्ट कागजपत्र सबै खोसेर गाडीमा राखी कम्पनी भन्दा १५ किलोमिटर परको एउटा घरमा ल्याएर राखेका छन् ।’

सुरुमा कम्पनीमा काम गर्ने २८ जनालाई केलाङको पुर्‍याएर राखिएको थियो । तीन दिनपछि भने २८ मध्ये नौ जनालाई कम्पनीमा फर्काइएको छ ।