November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

सुरक्षित बैदेशिक रोजगारप्रति सरकार गम्भीर छ: श्रम मन्त्री कुँवर

2.4K

धनगढी । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सरकार सुरक्षित वैदेशिक रोजगारका लागि गम्भीर र संवेदनशील रहेको बताउनु भएको छ ।
मन्त्री कुँवरले वैदेशिक रोजगारमा जाने नेपाली कामदारहरुको सुरक्षा कसरी सुनिश्चित गर्ने भन्नेमा सरकारले ध्यान दिएको बताउनु भयो । सोमबार धनगढीमा भएको पत्रकार सम्मेलनमा उहाँले सरकारले सकेसम्म नेपालीहरुलाई मुलुकभित्रै रोजगारीको अवसर प्रदान गर्ने वातावरण सिर्जना गरिरहेको बताउनु भयो ।
‘हामी वैदेशिक रोजगारलाई प्रोत्साहन गर्नुपर्छ भन्नेमा छैनौ, तर जानै चाहनेहरुका लागि कसरी सुरक्षित वातावरण बनाउने भन्नेमा सचेत छौं ’।
मन्त्री कुँवरले सरकारले खाडी मुलुक लगायत अहिलेका रोजगार गन्तव्यबाहेक बेलायत, जापान जस्ता विकशित र सुरक्षित गन्तव्यहरुबारे काम गरिरहेको बताउनु भयो । – सरकार वैदेशिक रोजगारीका लागि बढी सुरक्षित गन्तव्यको पहिचान र जाने वातावरण बनाउन लागेको छ ।
देशका सबै स्थानीय तहमा श्रम डेस्क स्थापना गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो । ‘अहिले श्रम सम्झौता नभएका असुरक्षित मुलुकहरुमा महिलाहरु समेत भारतको बाटो हुँदै लुकेर जाने गरेका छन्’ उहाँले भन्नुभयो – हामी सबै स्थानीय तहमा श्रम डेस्क सञ्चालन गर्दैछौं । यसले को कहाँ गयो भन्ने जानकारी हुने छ ’।