काठमाडौं । पारिश्रमिक नपाएको भन्दै रुकुम पश्चिमका पत्रकारहरू आन्दोलित भएका छन् । जिल्लाको आठबीसकोट नगरपालिकाबाट सञ्चालनमा रहेको रेडियो नयाँ नेपालले पारिश्रमिक नदिएको भन्दै पत्रकारहरूले आन्दोलन गरेका हुन् ।
श्रमजीवी–पत्रकार संघ र नेपाल संघर्ष समितिको नाममा आन्दोलित भएका उनीहरुले पहिलो चरणको आन्दोलन अन्तरगत आज विरोध र्याली निकालेका छन् । ¥याली नगरपालिकाको राडी बजारमा निकालिएको थियो ।
श्रमजीवी–पत्रकार संघ, नेपालको अगुवाइमा भएको आन्दोलनमा नेपाल पत्रकार महासंघ र विभिन्न पत्रकार संघ संगठनहरुले पनि ऐक्यवद्धता जनाएका छन् । विरोध ¥यालीमा पिडित पत्रकारसहित जिल्लास्थित अन्य पत्रकारहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै पीडित पत्रकारहरुले आफुहरुले पाउनुपर्ने पारिश्रमिक तत्काल उपलब्ध गराउन रेडियो प्रशासन तथा संचालक समितिसँग माग गरेका छन् ।