काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवालाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले भेटेका छन् । प्रधानमन्त्री देउवालाई भेट्न मेयर साह बुधबार प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।
प्रधानमन्त्री देउवाका प्रेस सल्लाहकार गोविन्द परियारका अनुसार मेयर साह बुधबार प्रधानमन्त्री निवास पुगेका हुन् । ‘भेटमा प्रधानमन्त्रीले महानगरले गर्ने राम्रा काममा सरकार र नेपाली कांग्रेसको साथ र सहयोग रहने बताउनुभएको छ,’ देउवा र साहबीचको भेटबारे परियारले भने, ‘महानगर प्रमु्ख साहले आफू महानगरमा नेपाली कांग्रेससँग सहकार्य गरेर अघि बढ्ने बताउनुभएको छ ।’
मेयरमा निर्वाचित भएपछि पहिलोपटक साहले प्रधानमन्त्रीलाई भेटेका हुन् । प्रधानमन्त्रीले स्वतन्त्रबाट निर्वाचित काठमाडौंका मेयर साहलाई बधाई दिएका थिए ।