काठमाडौँ । काठमाडौँको नारायणटारमा यति मार्ट सञ्चालनमा आएको छ । एकै छानामुनी सबै प्रकारका किनमेलन गर्न सकिने मार्टहरु यतिबेला धमाधम खुलिरहेको बेला यति मार्ट पनि देशव्यापी रुपमा फैलने गरी सञ्चालनमा आएको हो ।
कोभिड १९ महामारीको चपेटापछि पुनः नयाँ उत्साहका साथ युवा व्यवसायीहरुले यति मार्ट सञ्चालनमा ल्याएको हो । नारायणटार र त्यस वरपरका बासिन्दाको आवश्यकतालाई मध्यनजर गर्दै दैनिक जीवनमा उपभोग गरिने सामग्रीहरु एउटै छानामुनी सुपथ मुल्यमा उपलब्ध गराउने उदेश्यले सो मार्ट सञ्चालनमा ल्याईएको सञ्चालक मध्यका आङफुरी शेर्पाले जानकारी दिए ।
नेपाल मै केही गर्ने सोच र व्यवसायीक सेवा प्रदान गर्ने मुख्य उदेश्यले पनि मार्ट सुरुवात गरिएको अर्का सञ्चालक लाक्पा शेर्पा बताउँछन् । मार्टमा छिरेपछि दैनिक जीवनमा आईपर्ने खाद्य अथवा उपभोग्य सम्पूर्ण सामग्रीहरुको सम्पूर्ण आवश्यकता पुरा गर्न सकिन्छ ।
मार्टमा किराना सरसामान, तयारी खाद्यान्न, राशन, सरसफाईका सामान, फलफुल, तरकारी र घरमा आवश्यक सबै प्रकारका सर–सामाग्रीहरु नवजात शिशुका लागि आवश्यक पर्ने सामाग्रीहरु र सौन्दर्य सम्बन्धी सम्पूर्ण सामाग्रीहरु लगायत सम्पूर्ण सामग्री उक्त मार्टमा उपलब्ध छन् ।
स्वदेशी तथा बिदेशी ब्राण्डका सबै किसिमका पेय पदार्थहरु समेत सुपथ मुल्यमा पाइने र आगामी दिनमा देशका विभिन्न स्थानहरुमा यति मार्ट्को शाखाहरु संचालनमा ल्याउने समेत् योजना रहेको अर्का संचालक मिङ्मार लामाले जानकारी गराएका छन् । मार्टको बिहिबार एक कार्यक्रमकाबीच नेपाल शेर्पा संघ संघीय अध्यक्ष गेल्जे लामा शेर्पाले गरेका छन् ।
कोरोना महामारीको बिचमा समेत युवाहरुले थालनी गरेको कार्यको प्रसंशा गर्दै थप उन्नति प्रगतिको कामनाका साथ अघि बढ्न अध्यक्ष शेर्पाले शुभकामना ब्यक्त गरेका थिए ।