April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

विमानस्थलमा रोजगारीका लागि विदेशिनेको भीड

3K

काठमाडौं- बैदेशिक रोजगारीका लागि आज (मंगलबार) बिहानै विमानस्थलमा भीड लागेको छ । दर्जनौं युवाहरु विदेश उड्नका लागि विमानस्थल प्रवेश गर्न लाम लागेका छन् । यो भीडमा कोरोना संक्रमणबाट जोगिन अपनाउनु पर्ने भौतिक दूरी पनि कायम भएको देखिंदैन ।

गत बर्ष बिदेशमा काम गर्न गएका नेपालीहरुले कुल नौं खर्ब ६१ अर्ब ५ करोड रुपैयाँ रेमिटेन्स पठाएका थिए । अर्थतन्त्रको मूख्य आधार रेमिटेन्स भए पनि बैदेशिक रोजगारीमा गएकाहरुलाई सरकारले विभेदपूर्ण ब्यवहार गरिरहेको छ ।

सजिलै गरी उनीहरुको काम राज्यका निकायहरुले गरिदिँदैनन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल अन्तर्गत वैदेशिक रोजगारका लागि जाने लाइनमा मानिसहरुको भीड देखिएको हो । कोभिडका कारण लामो समय रोकिएको अन्तर्राष्ट्रिय उडानहरु शुरु भएसँगै विमानस्थलमा भीड बढ्न थालेको हो । यसै गरी श्रम गन्तव्य मुलुकहरुको उडान खुल्न थालेसँग विमानस्थलमा भीड बढ्न थालेको बताइएको छ । तस्विरहरु : न्यूज एजेन्सी
हेर्नुस् तस्विरहरु

Advertisement