November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

न्याय सेवा आयोगमा १८ जना जिल्ला न्यायाधीशको माग

3.9K

काठमाडौं– न्याय सेवा आयोगले जिल्ला न्यायाधीश पदपूर्तिका लागि विज्ञापन प्रकाशित गरेको छ। आयोगको परीक्षा महाशाखाले १८ जनाका लागि विज्ञापन प्रकाशित गरेको हो।

आन्तरिकतर्फ ९ र खुलातर्फ पाँचजना न्यायाधीशका लागि विज्ञापन प्रकाशित गरिएको छ। यसैगरी, महिला कोटाबाट २ तथा आदिवासी जनजाति र मधेसी कोटाबाट १÷१ जनाका लागि विज्ञापन खुलाइएको छ।

आयोगको सूचना अनुसार प्रथम पत्रको परीक्षा असोज १२ गते, द्वितीय पत्रको परीक्षा असोज १४ गते र तृतीय पत्रको परीक्षा असोज १५ गते निर्धारण गरिएको छ। 

Advertisement

 यस्तै, चौथो पत्रको प्रथम खण्डको परीक्षा असोज १६ गते र दोस्रो खण्डको परीक्षा असोज १७ गते हुनेछ। 
परीक्षा केन्द्र लोकसेवा आयोगको अनामनगरस्थित कार्यालयमा तोकिएको छ।