April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

नेपालसहित चार देशका नागरिकलाई यी प्रमुख श्रम गन्तव्य मुलुकले लगायो प्रवेशमा रोक

3.4K

काठमाडौं । नेपालमा नयाँ भेरिएन्टसहितको कोरोना सङ्क्रमण उच्च जोखिममा रहेको भन्दै नेपालसहित चार देशमाथि प्रवेशमा रोक लगाएको छ । नेपालको प्रमुख श्रम गन्तव्य मुलुक मलेसिया, संयुक्त अरब इमिरेट्स (यूएई), कुवेत, जापानलगायतका देशले तत्काल नेपालसहित चार देशका नागरिकलाई प्रवेशमा रोक लगाएको हो ।

नेपालसहित बङ्गलादेश, पाकिस्तान र श्रीलङ्काका नागरिकलाई ती देशमा प्रवेश गर्न रोक लगाएका छन् । कोरोना संक्रमण रोकथामका लागि प्रवेशमा रोक लगाउने निर्णय भएको त्यहाँस्थित नेपाली राजदूतावासले जनाएको छ । मलेसिया सरकारको पछिल्लो निर्णयले कूटनीतिक र सरकारी राहदानी भएकाबाहेक अन्य कुनै पनि भिसामा यी देशका नागरिक मलेसिया प्रवेश गर्न नपाउने मलेसियास्थित नेपाली दूतावासले उल्लेख गरेको छ ।

दूतावासका अनुसार निश्चित समयका लागि रोक लगाइएको भए पनि समय नतोकिएकाले कति लामो हुने हो भन्न नसकिने पनि उल्लेख गरेको छ । मलेसिया सरकारले यी देशबाट आउने आफ्ना नागरिकलाई समेत अनिवार्य रूपमा १४ दिन क्वारेन्टाइन बस्नुपर्ने व्यवस्था गरेको छ ।

Advertisement