April 11, 2026, Saturday
२०८२ चैत्र २८
1:37:26 pm

ब्रेनब्रिज एजुकेसनमा निःशुल्क करिअर काउन्सिलिङ

340

काठमाडौं । काठमाडौंको स्थापितमध्येको एक शैक्षिक परामर्श केन्द्र ब्रेनब्रिज एजुकेसनले चार हप्ता लामो निःशुल्क करिअर काउन्सिलिङ सेसन सुरु गरेको छ । बिहान ९ बजेबाट बानेश्वरस्थित कार्यालयमा ब्रेनब्रिज एजुकेसनले निःशुल्क करिअर काउन्सिलिङ सेसन सुरु गर्ने जनाएको छ ।

कक्षा १२ को र ब्याचलर्स अन्तिम सेमेस्टरको परीक्षाको तालिका आएसँगै ब्रेनब्रिज एजुकेसनले एक्सक्लुसिभ सेसनको सुरुवात गरेको जनाएको छ । १२ कक्षा पढिरहेका विद्यार्थीले अब भविष्यमा के गर्ने भन्ने निक्र्योल गर्ने समय ठानेर एजुकेसनकी अध्यक्ष अर्चना दवाडीले भनेकी छन् ‘सबै विद्यार्थी विदेशमा पढ्न जानै पर्छ भन्ने छैन तर भविष्यमा के बन्ने भन्ने एउटा निर्णय गर्ने समय यो हो ।’

mostbet

पछिल्लो समय अष्ट्रेलिया, अमेरिका, न्यूजिल्याण्ड, बेलायत, क्यानडा तथा जर्मनी, फ्रान्सजस्ता युरोपेली मुलुकमा पढ्न चाहने विद्यार्थीहरूलाई सहजीकरण तथा सही परामर्श दिँदै आइरहेको ब्रेनब्रिज एजुकेसनले सुरु गरेको निःशुल्क करिअर काउन्सिलिङले विद्यार्थीहरूलाई आफ्नो भविष्यको बाटो तय गर्न ठूलो सहयोग गर्ने अपेक्षा लिएको छ ।

Advertisement

साथै, यस अवसरमा सहभागी भएका विद्यार्थीहरूलाई भाषा प्रशिक्षणका कक्षाहरू आइइएलटिएस, पिटिइमा ब्रेनब्रिज एजुकेसनले सत प्रतिशतसम्म छुट दिने पनि घोषणा गरेको छ ।