May 21, 2024, Tuesday
२०८१ जेष्ठ ८
1:37:26 pm

‘लिम्बु भाषा र लिपि’ कक्षा संचालन गर्दै कियाचु, इच्छुकले नाम दर्ता गर्न सक्ने

5.7K

काठमाडौं । किरात याक्थुङ चुम्लुङ ललितपुरले लिम्बु भाषा र लिपि (याक्थुङ पाःन नु सक्सक्) कक्षा संचालन गर्ने भएको छ । कियाचुले एक सूचना जारी गर्दै ५ दिने भौतिक कक्षा सञ्चालन गरिने जानकारी दिएको हो ।

कियाचु केन्द्रीय अध्यक्ष प्रेम येक्तेनका अनुसार यस कक्षामा किरात याक्थुङ चुम्लुङसँग आवद्ध संगठन र लिम्बुजन्य संस्थाका पदाधिकारीहरुले मात्र सहभागिता जनाउन पाउने छन् ।

माघ १६ देखि २० गते शनिबारसम्म ललितपुरस्थित चुम्लुङहिममा बिहान ११ बजेदेखि २ बजेसम्म दैनिक ३ घण्टा कक्षा संचालन हुने आयोजकले जनाएको छ ।

Advertisement

आयोजकका अनुसार लिम्बु भाषा र लिपिबारे आधारभुत कक्षा, लिम्बु भाषामा व्यानर र पोष्टर लेखन, लिम्बु भाषामा कार्यक्रम सञ्चालन (उद्घोषण) र मन्तव्य सम्बन्ध कक्षा संचालन गरिने छ ।

नाम दर्ताका लागि आशा नेम्बाङ (९८५१०३६५४०),
कमला लिवाङ (९८५१०७६०८४) र शुभराज थाम्सुहाङ (९८२३३४५४२३) लाई सम्पर्क गर्न सकिने पनि आयोजकले जनाएको छ ।