काठमाडौं । घरमा खेल्दाखेल्दै हराएकी भोजपुरकी एक बालिका मृत फेला परेकी छन् । शुक्रबार हराएकी भोजपुरको आमचोक गाउँपालिका–६ थुन्कीका देवचन्द्र राईकी ७ वर्षीया छोरी आकृति मृत फेला परेकी हुन् ।
प्रहरीको सहायतामा खोजतलास गर्दा घरभन्दा साढे एक किलोमिटर टाढा टेङलुङछुकस्थित जंगलको गुफामा मृत फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बालिकाको शव गुफाको पानीमुनि तल्लो भागको कपडा खोलिएको अवस्थामा फेला परेको हो ।
बालिका हराएको सूचना पाएपछि प्रहरीले शुक्रबार राति ११ बजे सोही ठाउँका दिपचन्द्र राईलाई नियन्त्रणमा लिएको थियो । उनकै बयानका आधारमा आज बिहान बालिकाको शव फेला प्रहरी प्रहरीले जनाएको छ ।
घटना शंकास्पद रहेको र थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।