विराटनगर । धर्मगुरु आचार्य श्रीनिवासलाई सुनसरी प्रहरीले जनकपुर पठाएको छ । उनलाई मंगलबार साँझ सुनसरीको वराहक्षेत्र नगरपालिकाको चकघट्टीमा रहेको उनकै आश्रमबाट जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिएको थियो ।
आचार्य श्रीनिवासले केही दिन अगाडि जनकपुरमा गाई काट्नेलाई खुकुरीले काट्नुपर्ने भन्दै खुकुरी नचाउदै विवादास्पद अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिले धार्मिक तथा साम्प्रदायिक घृणा फैलाएको भन्दै जनकपुर प्रहरीको अनुरोधमा सुनसरी प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
उनलाई ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरेर उनलाई उनकै आश्रमबाट नियन्त्रणमा लिइएको थियो ।
उनलाई जनकपुरबाटै जारी भएको पक्राउ पुर्जीको आधारमा पक्राउ गरिएको र अन्य विषयमा अनुसन्धान पछि मात्र थाहा हुने प्रहरीले जनाएको छ ।