काठमाडौं । इन्द्रजात्रा हेर्न न्युरोड पुगेका एक किशोरको हत्या भएको घटनामा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुरको गोदावरीका १९ वर्षीय अर्विन्द ठकुरीलाई रहेका छन् ।
सोमबार राति साढे ११ बजे जात्रा हेर्न न्युरोड पुगेका ओखलढुंगा लिखु गाउँपालिका–४ घर भई हाल क्षेत्रपाटी बस्दै आएको १७ वर्षीय सनी कार्कीको हत्या भएको थियो । उनको हत्या आरोपमा ठकुरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीमाथि धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोप छ ।
चक्कु प्रहारबाट गम्भीर घाइते भएका सनीलाई उपचारको लागि ट्रमा सेन्टरमा रिफर गरिएको थियो । पछि मनमोहन अस्पतालमा पु¥याउँदा ११ः५८ उनको मृत्यु भएको थियो ।