April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

चिकित्सकमाथि आक्रमण गर्नेलाई मुद्दा चलाउन गृह मन्त्रालयको निर्देशन

1.9K

काठमाडौं । गृह मन्त्रालयले चिकित्सकमाथि आक्रमण र तोडफोड गर्नेलाई मुद्दा चलाउन प्रहरी प्रशासनलाई निर्देशन दिएको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार पोखराको मणिपाल शिक्षण अस्पताल र लमजुङको लमजुङ अस्पताल लगायत शिक्षणसंस्थामा चिकित्सकमाथि आक्रमण र तोडफोड गर्नेलाई मुद्दा चलाउन प्रहरी प्रशासनलाई निर्देशन दिएका हुन् ।

चिकित्सकहरू आन्दोलित भएपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतसहित सरोकारवालाहरुको बैठक बोलाएका थिए । बैठकले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन–२०६६ बमोजिम कारबाही अघि बढाउन निर्देशन दिएको हो ।

चिकित्सकमाथि आक्रमण र तोडफोडमा संलग्नहरूमाथि उक्त ऐनको व्यवस्थाअनुसार मुद्दा चलाएर कारबाही गर्न निर्देशन दिने निर्णय गरिएको हो ।

Advertisement