विराटनगर । इटहरीमा १५ लाख ८७ हजार नक्कली नोटसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सङ्खुवासभा जिल्ला पाँचखपन नगरपालिका ५ का विवेक राई र मकालु गाउँपालिका ६ बस्ने अजय राई रहेका छन् ।
पक्राउ परेका उनीहरुलाई शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रहरीले दसार्वजनिक गरेको हो । प्रहरीले उनीहरुको साथबाट एक हजार दरका १५ सय ८७ वटा नोटसहित तीन थान मोबाइल बरामद गरेको छ ।
प्रहरीका अनुसार अभियुक्तहरूले सो रकम बजारमा पु¥याएबापत १० लाख रुपैयाँ बुझाएर अरुपैसा आफूले चलाउने तयारी गरेका थिए । १५ लाख ८७ हजार बजारमा पु¥याउँदा ५ लाख ८७ हजार फाइदा हुने भएपछि उनीहरू बजार छिरेका हुन् ।
काठमाडौँ बाट नक्कली नोट छपाई गरी बजारमा ल्याएको बताउँदै प्रहरीले पक्राउ परेका नक्कली नोट जाँचका लागि फरेन्सीक ल्याबमा पठाइएको जनाएको छ ।
चाडपर्व नजिकिँदै गर्दा नक्कली नोटको कारोबार गर्ने गिरोह सक्रिय रहेको प्रहरीले जनाएको छ । गिरोहमा संलग्न रहेका अन्य व्यक्तिहरूको खोजी तथा अनुसन्धानलाई तीव्र बनाइएको प्रहरीको भनाइ छ ।