April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

आन्दोलित चिकित्सकहरूसँग वार्ता गर्न समिति गठन

2K

काठमाडौं । आन्दोलित चिकित्सकहरूसँग वार्ता गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समिति गठन गरेको छ । चिकित्सकहरु देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेक सेवा बन्द गरी आन्दोलनमा उत्रिएपछि मन्त्रालयले अतिरिक्त स्वास्थ्य सचिव विकास देवकोटाको नेतृत्वमा वार्ता समिति गठन गरेको हो ।

वार्ता समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, गृह मन्त्रालय, कानुन मन्त्रालय र स्वास्थ्य मन्त्रालयका सहसचिव रहने छन् । समितिले आन्दोलनरत नेपाल चिकित्सक संघलाई वार्तामा समेत बोलाइसकेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले वार्ता समिति गठन गरी आन्दोलनरत पक्षसँग वार्ता गर्न निर्देशन दिएका थिए ।

Advertisement