April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

डाक्टर कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै प्रदर्शन

1.3K

काठमाडौं । डाक्टर कुटपिट घटनामा संलग्नलाई कारबाहीको माग गर्दै प्रदर्शन गरिएको छ । हेटौंडाको घटनालाई लिएर युवाहरुले शान्तिपूर्ण प्रदर्शन गरेका हुन् ।

गत साउन २५ मा डेंगीबाट चितवनमा मृत्यु भएका हेटौंडा–१२ का राजेश प्रधानका आफन्तले अस्पतालभित्रै प्रवेश गरेर डाक्टरको लापर्बाहीका कारण बिरामीको मृत्यु भएको भन्दै डा. प्रशान्त बिडारी र डा. विकास थापालाई कुटपिट गरेका थिए । घटनामा संलग्नलाई कारबाही गर्नबाट स्थानीय प्रशासन र प्रहरीले ढिलाई गरेको भन्दै युवाहरूले सडकमा उत्रिएर प्रदर्शन गरेका हुन् ।

हेटौंडाको बुद्धचोकमा उभिएर प्लेकार्डसहित प्रदर्शन गरेका उनीहरुले अस्पतालजस्तो संवेदनशील र आकस्मिक सेवा प्रदान गर्ने स्थानमा डाक्टरमाथि कुटपिट हुनु असाध्यै दुःखद् भएका कारण मौन रूपमा प्रदर्शन गरिएको बताए ।

Advertisement