काठमाडौं। धनगढीस्थित स्वस्तिक अस्पतालमा पत्थरीको अप्रेसनको क्रममा बिरामीको मृत्यु भएपछि प्रदर्शन सुरु भएको छ । उपचारको लागि अस्पताल भर्ना भएका कञ्चनपुरको बेलौरी नगरपालिका १० शिवनगरका ५५ वर्षीय ऐजनलाल चौधरीको मृत्यु भएको हो ।
डाक्टरको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै आफन्तले विरोध गर्न थालेपछि अस्पतालमा सुरक्षा बढाइएको छ । उनीहरूले सत्य तथ्य छानबिनको माग गर्दै जिल्ला प्रहरी कार्यालय कैलालीमा अस्पताल र डाक्टर विरुद्ध उजुरीको तयारी गरेका छन् । मृतकका ज्वाइँ रमेश चौधरीले अस्पतालको लापरबाहीले बिरामीको मृत्यु भएकोले कारबाहीको लागि कानुनी प्रक्रियामा जाने बताए ।
उपचारको क्रममा डाक्टरले उनको बायाँ किड्नीको अपरेसन गर्दा अत्यधिक रक्तश्रावलेले मृत्यु भएको अस्पतालले जनाएको छ ।