September 26, 2023, Tuesday
२०८० आश्विन १०
1:37:26 pm

रोहित चौधरी हत्या प्रकरणमा थप दुईजना पक्राउ

855

विराटनगर । इटहरी उपमहानगरपालिका-२० स्थित सेउती पुलमा हत्या गरिएका रोहित चौधरीको हत्या प्रकरणमा प्रहरी थप दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उपमहानगरपालिका-४ बस्ने २७ वर्षीय ज्याङलो भन्ने युनेश राई र इटहरी उपमहानगरपालिका-४ डेरा गरी बस्ने सुनसरी धरान उपमहानगरपालिका-८ घर भएका २९ वर्षीय सुजन तामाङ रहेका छन् ।

प्रहरीले शनिबार युनेश राईलाई उनकै घरबाट ८ राउण्ड गोलीसहित र सुजन तामाङलाई मोरङ विराटनगर महानगरपालिका-११ स्थित महेन्द्रचोकबाट शुक्रबार दिउँसो पक्राउ गरेको हो ।

उनीहरू उपर इलाका प्रहरी कार्यालय इटहरीबाट थप अनुसन्धान भइरहेको छ । यसअघि सोही घटनामा संलग्न दुईजनालाई मंगलबार प्रहरीले पक्राउ गरेको थियो ।

Advertisement

मोरङ विराटनगर महानगरपालिका-५ कोचाखाल बस्ने २८ वर्षीय रोहित चौधरीको साउन ५ गते गोली प्रहार गरी हत्या भएको थियो ।