April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

बेलायतमा डेढ महिनादेखि हराइरहेका नेपाली युवाको शव फेला

2.1K

लन्डन । बेलायतमा डेढ महिनादेखि हराइरहेका नेपाली युवा मृत अवस्थामा फेला परेका छन् । आइतबार अल्डरशटस्थित ब्रिकफिल्ड्स कन्ट्री पार्कको झुम्री क्षेत्रमा एक शव फेला परेको हुँदा उक्त शव ३६ वर्षीय किरण पुनको हुन सक्ने प्रहरीको अनुमान रहेको छ । उनकै शव भनेर पुष्टि हुन भने बाँकी छ ।

घटनामा संलग्न अधिकारीहरूका अनुसार यस घटनाबारे अनुसन्धान भइरहेको छ । घटनाको कारण बुझ्न आफूहरूले कडा मेहनत गरिरहेको अधिकारीहरू बताउछन् । शवको पोष्टमार्टम रिपोर्ट र सोधपुछबाट घटनाको कारणबारे थाहा हुन सक्ने उनीहरूको भनाइ छ । सर्वप्रथम किरण ब्रिकफिल्ड्स कन्ट्री पार्कमा कसरी र कहिले पुगे भन्ने कुरा बुझ्नु महत्त्वपूर्ण रहेको बताउछन् ।

घटना क्षेत्रमा कोहि शंकास्पद देखिएमा आफूहरूलाई खवर गर्न पनि अधिकारीहरूले आग्रह गरेका छन् । जानकारी लिएर सिधैँ आफूहरू कहाँ आउन नसके सम्पर्क गर्न भनिएको छ । सूचना दिनेको परिचय गोप्य राखिनेछ । यदि कसैसँग कुनै जानकारी या विशेष गरी कुनै फुटेज भए प्रहरीलाई पठाइ अनुसन्धानमा सहयोग गर्न आग्रहसमेत गरेको छ । यस्तै वैकल्पिक रूपमा स्वतन्त्र परोपकारी संस्था क्राइमस्टोपर्स (Crimestoppers) लाई 0800 555 111 मा अज्ञात रूपमा सम्पर्क गर्न सकिने उल्लेख गरेको छ भने बेनामी अनलाइन फारममार्फत (crimestoppers-uk.org) पनि सम्पर्क गर्न सकिने जनाइएको छ ।

Advertisement