April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

सेटिङमै रिहा भए लम्बोदर

4.7K

काठमाडौं- नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायण भक्तपुरका तत्कालीन अध्यक्ष लम्बोदर न्यौपाने सेटिङमा रिहा भएका छन्। जिल्ला सरकारी वकिल कार्यालय भक्तपुरले न्यौपानेलाई रिहा गर्ने आदेश दिएको हो।

मंसिर १० गते ललितपुरबाट पक्राउ परेका न्यौपानेमाथि सिआइबीले ठगी र कीर्तेमा अनुसन्धान गरेको थियो।

अनुसन्धानका क्रममा उनले अख्तियारदेखि अदालतसम्म सेटिङ मिलाएको पाइएको छ।  अख्तियारका तत्कालीन आयुक्त राजनारायण पाठकलाई ७८ लाख रुपैयाँ घुस दिएको काण्डमा पक्राउ परेर धरौटीमा छुटेको केही समयपछि लम्बोदर फरार भएका थिए। उनीविरुद्ध इन्जिनियरिङ कलेज महानगरीय प्रहरी परिसर भक्तपुरमा ठगीको उजुरी दिएको थियो।

Advertisement

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकलाई ७८ लाख रुपैयाँ घुस दिएको काण्ड बाहिरिएपछि उनको अख्तियारको सेटिङबारे सार्वजनिक भएको थियो।

अहिले पक्राउ परेपछि उनले सरकारी वकिलदेखि अदालतसम्म सेटिङ गरेको तथ्यहरु खुलेको छ। सर्वोच्चले समेत सिआइबीसँग उनको मुद्दाको फाइल जवाफसहित उपस्थित हुन आदेश गरेको थियो।