November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

छाेरी बलात्कार गरेको आराेपमा दैलेखमा बाबू पक्राउ

4.2K

दैलेख – आफ्नै १४ बर्षीय छोरीलाई बलात्कार गरेको आरोपमा दैलेखमा ३८ बर्षका बुबा पक्राउ परेका छन् । बलात्कार गर्ने बुबाको नाम गोप्य राखेर घटनाको बारेमा दैलेख प्रहरीले सूचना सार्वजनिक गरेकाे छ ।

गएको शुक्रबार मध्य दिउँसो उनले छोरीलाई बलात्कार गरेको प्रहरीको भनाइ छ । ललाई फकाई जबरजस्ती बलात्कार गरेकाे छोरीले अरुलाई सुनाएपछि घटना बाहिर आउको हो । त्यपछि बलात्कार गरेका आरोपमा ती युवक पक्राउ परेका छन् ।

प्रहरीले अहिले उनलाई हिरासतमा राखेको बताएको छ । उनीमाथि अझै अनूशन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

Advertisement