April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

अर्काको नामबाट प्रहरी जवानको परीक्षा दिने दुई जना पक्राउ

2.1K

सुर्खेत–सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ स्थित लोकसेवा आयोग कार्यालयबाट लिएको प्राविधिक प्रहरी जवानतर्फको लिखित परीक्षामा अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा आइतबार २ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेहरुमा बर्दिया ठाकुरद्वारा नगरपालिका–३ बस्ने निशा रावत र दैलेख भगवती माई गाउँपालिका–३ बस्ने २० वर्षीय सुरेन्द्र बिक रहेका छन्।

बर्दिया ठाकुरद्वारा नगरपालिका–३ बस्ने कृष्ण रावतको नामबाट उनकै बहिनी निशा र जाजरकोट छेडागाड नगरपालिका–२ बस्ने धनबहादुर रावतको नामबाट सुरेन्द्रले परीक्षा दिएका थिए।

Advertisement

परीक्षा दिइरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।