April 13, 2024, Saturday
२०८१ बैशाख १
1:37:26 pm

प्रदेश १ मा ७ सय ४३ फरार अपराधी पक्राउ

2.9K

विराटनगर । प्रदेश १ मा आर्थिक वर्षमा ७ हजारभन्दा बढी मुद्दा दर्ता भएको छ । १४ जिल्ला रहेको प्रदेशमा आर्थिक वर्ष २०७७/०७८ मा १४ जिल्लाका प्रहरी कार्यालयमार्फत ७ हजार ३ सय ८४ वटा मुद्दा दर्ता भएका छन् । दर्ता भएकामध्ये ३ हजार ७ सय २९ मुद्दा फच्र्छौट र ३ हजार ६ सय ४५ मुद्दा फच्र्छौट हुन बाँकी रहेको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नविन राज राईले जानकारी दिए ।

फैसला कार्यान्वयनतर्फ विभिन्न अपराधमा सजाय तथा जरिवाना फैसला भई फरार रहँदै आएका ७ सय ४३ जना फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ परेका फरार प्रतिवादीबाट ७ सय ३५ वर्ष कैद भुक्तान भई, ४ करोड ४३ लाख ५८ हजार ९ सय २७ रुपैयाँ राजश्व संकलन भएको छ ।

यसैगरी लागुऔषध नियन्त्रणतर्फ विशेष ध्यान दिई व्यापक रुपमा प्रहरी परिचालन गरेर ३ हजार ५ सय १६ ग्राम लागूऔषध ब्राउनसुगर बरामद भएको प्रदेश प्रहरी कार्यालये जनाएको छ । १ हजार ७ सय ८९.१११ केजी गाँजा बरामद भएको छ । यसैगरी बिभिन्न मनोद्धिपक क्याप्सुल ५० हजार २५५ ट्याब्लेट बरामद भएको भने मनोद्धिपक सुई १० हजार ३५८ एम्पुल बरामद भएको प्रहरीले जनाएको छ । यसैगरी २ हजार ४२३ रोपनीमा लगाएको गाँजा खेती फडानी गरी ८ लाख ७६ हजार ८६३ गाँजाका बोट प्रहरीले नष्ट गरेको छ ।

Advertisement

४० करोड बढी राजस्व संकलन

आर्थिक वर्षमा प्रहरीले ४० करोडभन्दा बढी राजश्व संकलन गरेको छ । भन्सार चोरी निकासी, नदिजन्य पदार्थ अवैध दोहन, अवैध काठ चोरी निकासी र ट्राफिक व्यवस्थापनमा प्रभावकारी रुपमा प्रहरी परिचाल गरेर प्रहरीले आर्थिक वर्षमा ४० करोड ७८ लाख ४२ हजार ३१७ राजश्व संकलन भएको प्रदेश प्रहरी कार्यालय विराटनगर एसपी नविन राज राईले जानकारी दिए ।

भन्सार चोरी निकासीतर्फ अवैध रुपमा सामान चोरी निकासी गर्ने १ सय ९० जना मानिस पक्राउ परेका छन् । १९ करोड १ लाख ५८ हजार २१२ रुपैयाँ राजश्व संकलन भएको छ । यस्तै नदिजन्य पदार्थको अवैध रुपमा दोहन गर्ने १७० जना मानिस गरेको छ । ७८५ वटा नदिजन्य पदार्थ उत्खनन् गर्ने र ओसारपसार गर्ने सवारी साधनलाई पक्राउ गर्नुका साथै ६५ लाख ७५ हजार ३ सय राजश्व संकलन गरेको छ ।

यसैगरी अवैध काठ चोरी निकासी गर्ने ७० जना मानिस पक्राउ गर्नुका साथै ३ हजार २ सय ६१ क्यूफिट काठ बरामद गरी ७० लाख ३८ हजार ७८७ रुपैयाँ राजश्व संकलन भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यसैगरी ट्राफिक व्यवस्थापनतर्फ ट्राफिक नियम उलंघन गर्ने २ लाख ५४ हजार ३९४ वटा सवारी साधनलाई कारवाही गरि १५ करोड ९७ लाख ११ हजार राजश्व संकलन भएको छ ।