April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

श्रीमती पक्राउपछि मिडियामा आए मनाङे, भन्छन्- ‘गल्ती गर्ने कसैलाई छोड्दीन’

3.1K

काठमाडौँ — गण्डकी प्रदेशसभाका सांसद दिपक मनाङे भनिने राजिव गुरुङकी श्रीमती दिक्छेन डोल्मा लामा हेटौंडाबाट पक्राउ परेपछि दिपक मनाङे भावुक रुपमा मिडियामा प्रस्तुत भएका छन् ।

माननिय ज्यूको श्रीमतिले चोरी गर्नुभयो भन्ने कुरा सुनियो भन्ने संवाददाताको प्रश्नमा मनाङेले-‘ मैले पनि धेरै माया गरेको श्रीमति हो, मलाई पनि टेन्सन छ तर सबै माया नहुने रहेछ ‘ भन्ने जवाफ दिएका छन् ।

मनाङेले उक्त घटना मलाई फसाउनलाई लगाईएको हो भन्दै संवाददातासँग भने- ‘तपाईलाई थाहा छैन मन्त्री, कर्मचारीको श्रीमतिले के-के गर्छ लोग्नेको नाममा घुस खाएका होइनन ?’ भन्ने जवाफ थियो ।

Advertisement

मनाङेले यस घटनाको छानबिन गरी गल्ती गर्ने कसैलाई नछा्ड्ने समेत बताएका छन् ।

प्रहरीका अनुसार घटनाको प्रकृति हेर्दा चोरी भएको नै हो भन्ने प्रष्ट देखिन्छ ।