April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

छोरी बलात्कार गरेको आरोपमा बुवा पक्राउ

3K

सर्लाही – हरिपुर नगरपालिका–६ लक्ष्मीपुरको द्राहमा बस्ने एक व्यक्ति आफ्नी ६ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन्। भारत घर भई लक्ष्मीपुरस्थित ससुराली घरमा बस्दै एक इँटा उद्योगमा कार्यरत भारत मुज्जफरपुरका ३५ वर्षीय पुरुषलाई प्रहरीले आइतबार पक्राउ गरेको हो।

सर्लाही जिल्ला अदालतबाट जवरजस्ती करणी मुद्दामा पाँच दिन म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी मदन कुँवरले जानकारी दिए।ती पुरुषले पछिल्लोपटक करिब २५ दिन पहिले र मंसिर १२ गते छोरीलाई बलात्कार गरेको पाइएको प्रहरीले डिएसपी कुँवरले बताए।

ती पुरुषले १२ गते राति इँटा उद्योगकै परिसरमा रहेको झुपडीमा छोरी सुतिरहेका बेला बाहिर लगेर बलात्कार गरेको उनकी श्रीमतीले इलाका प्रहरी कार्यालय हरिपुरमा उजुरी दिएकी थिइन्। ती पुरुषलाई इलाका प्रहरी कार्यालय हरिपुरको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ। प्रहरीले अभियुक्त र पीडित बालिका दुवैलाई जिल्ला अस्पताल मलंगवा लगेर स्वास्थ्य परीक्षण गराइसकिएको जानकारी दिए।

Advertisement