विराटनगर–सुनसरी र झापाका दुई छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगर सहित ६ जना पक्राउ परेका छन्।
शनिवार अपरान्ह ५ बजे ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान–१० का ३१ वर्षीय बिकी श्रेष्ठलाई ८ ग्राम ५० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको थियो। यस्तै सोही टोलीले धरान–३ का २६ वर्षीय रिहान अन्सारीलाई ३५ मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो।
यसैगरी वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको टोलीले शनिबार राति सवा ७ बजे लागुऔषध ब्राउनसुगरसहित ४ जनालाई पक्राउ गरेको छ। भद्रपुर नगरपालिका–४ डागीवारीमा चेकजाँचमा खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेका भद्रपुर ४ का १९ वर्षीय पुष्कर थापा, भद्रपुर ५ का २६ वर्षीय मदन विक, हल्दिवारी गाउँपालिका १ का लोकेन्द्र गुराँगाई र भद्रपुर नगरपालिका ४ का २१ वर्षीय राजन माझीलाई ७ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो। पक्राउ परेकाहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।