February 7, 2025, Friday
२०८१ माघ २५
1:37:26 pm

वर्ल्ड लिङ्कले दूरसञ्चार प्राधिकरणलाई बुझायो २ अर्ब १५ करोड

२०८१ कार्तिक ३०

510

काठमाडौं।  दूरसञ्चार सेवा प्रदायक कम्पनी वर्ल्ड  लिङ्क कम्युनिकेसनले नेपाल दूरसञ्चार प्राधिकरणलाई बक्यौताबापत बुझाउनुपर्ने रकम बुझाएको छ । वर्ल्ड लिङ्कले २ अर्ब १५ करोड रुपैयाँ नेपाल दूरसञ्चार प्राधिकरणमा दाखिला गरेको हो ।

योसँगै उक्त कम्पनी को लाइसेन्स नवीकरण प्रक्रिया अघि बढेको जनाइएको छ । प्राधिकणबाट हुनुपर्ने नियमानुसाको काम आजैदेखि अघि बढ्ने बताइएको हो ।

वर्ल्ड लिङ्कले बुझाएको रकममध्ये रोयल्टीबापत १ अर्ब ३८ करोड ९० लाख र ग्रामीण दूरसञ्चार विकास शुल्कबापत ७६ करोड २३ लाख रहेको छ ।

Advertisement

२०५५ सालमा लाइसेन्स पाएको वर्ल्ड लिङ्कको लाइसेन्स अवधि गत चैतमा सकिएको थियो । तर, विभिन्न कारणले ९ महिनादेखि लाइसेन्स नवीकरण हुन सकेको थिएन ।