स्थायी कमिटी बैठकअघि ओली-प्रचण्डबीच भेटवार्ता
काठमाडौं – सरकारले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएपछि नेकपामा विवाद चर्किरहेका कार्यकारी अध्यक्ष पुष्कमल दाहाल प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ। बालुवाटारमै दिउँसो १ बजे स्थायी कमिटी बैठक बस्ने तयारी भइरहँदा दाहाल ओलीलाई भेट्न खुमलटारबाट बालुवाटार पुगेका हुन्। ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि क्रुद्ध बनेका दाहालले मंगलबारै तत्काल फिर्ता लिन भनेका थिए।...