November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

अधिनायकवादको सिँढी हो अध्यादेश: शेखर कोइराला

6.6K

काठमाडौं– नेपाली कांग्रेसका नेता शेखर कोइरालाले संवैधानिक परिषदसम्बन्धी अध्यादेश अधिनायकवादको सिँढी भएको टिप्पणी गरेका छन्। सामाजिक सञ्जाल ट्विटरमा कोइरालाले यस्तो टिप्पणी गरेका हुन्।

‘संविधानको मर्म र भावनाविपरीत ल्याइएको ‘संवैधानिक परिषदसम्बन्धी अध्यादेश’ तुरुन्तै खारेज गरियोस्‚’ उनले लेखेका छन्‚ ‘यो अध्यादेश हामीले भन्दै आएको अधिनायकवादको सिँढी हो।’

मंगलबार बिहान बोलाइएको संवैधानिक परिषदको बैठकमा प्रचण्ड पक्षका मानिने सभामुख अग्नि सापकोटा अनुपस्थित भएपछि लगत्तै बोलाइएको मन्त्रिपरिषद् बैठकले अध्यादेश जारी गर्न सिफारिस गरेको थियो।

Advertisement