November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

राष्ट्रपति भण्डारीलाई महाअभियोग लगाउन तरुण दलको माग

3.1K

काठमाडौं–कांग्रेस निकट तरुण दलले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाउन माग गरेको छ।

सबै नागरिकको अभिभावकीय भूमिकामा राष्ट्रपति नदेखिएको तरुण दलको ठहर छ। प्रधानमन्त्रीको कारिन्दा र संविधानको भक्षक भएकाले राष्ट्रपतिलाई महाअभियोग लगाउनुपर्ने तरुण दलको जिकीर छ। यस्तै प्रधानमन्त्रीलाई अविश्वासको प्रस्तावबाट पदमुक्त गर्नसमेत माग गरिएको छ।

संसद बैठकको माग गरिरहेका बेला संसदलाइ बन्धक बनाएर संवैधानिक परिषदसम्बन्धी अध्यादेश अलोकतान्त्रिक भएको तरुण दलले जनाएको छ। संविधानको मर्म र भावना विपरीत रहेको अध्यादेश फिर्ता गर्न तरुण दलले माग गरेकाे छ।

Advertisement