काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा सल्लाह नै नगरी संवैधानिक परिषदको अध्यादेश जारी गरेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल समूह छलफलमा जुटेको छ। खुमलटारमा अध्यक्ष दाहालसँग माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र वामदेव गौतमलगायत भेला भएका छन्।
अध्यक्ष ओलीले चाल्ने कमदको बारेमा रणनीति बनाउन र अध्यादेशबारे एकमतको धारणा सार्वजनिक गर्न खुमलटारमा भेला भएका हुन्। अध्यादेशलाई लिएर आपत्ति जनाइएको प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मगंलबार साँझ आह्वान गरेको संवैधानिक बैठकमा नजाने घोषणा गरिसकेको छ।
यता अध्यादेशलाई लिएर आपत्ति जनाइसकेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षको खुमलटारमा आकस्मिक बैठक सुरु भएको हो। उनीहरूले अध्यादेशबारे ठोष अडान लिने तयारी गरेका छन्।