भारत किसान आन्दोलन: किसानहरुको शर्त–राजनीतिक झण्डा घरमै राखेर आउनू
नयाँदिल्ली–भारतमा आन्दोलनरत किसानहरुले आन्दोलनलाई राजनीतिक रुपमा प्रयोग नगर्न आव्हान गरेका छन्। आफ्नो आन्दोलनलाई समर्थन गर्ने २४ राजनीतिक दलहरुलाई उनीहरुले यस्तो आग्रह गरेका हुन्। किसानहरुको माग सही भएको ठहर गर्दै विपक्षी कांग्रेस र वामपन्थीलगायतका क्षेत्रीय दलहरुले समर्थन गरेका छन्। किसानहरुको मागमा डीएमके, टीआरएस, समाजवादी पार्टी, बहुजन समाजवादी पार्टी, राष्ट्रिय जनता दल, शिवसेना, एनसीपी, अकाली दल, आपलगायतले...