November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

तीन हप्ता थपियो जापानमा जारी निषेधाज्ञा

1.9K

काठमाडौं– कोरोना भाइरसको प्रभाव कायमै रहेको भन्दै जापानले जारी निषेधाज्ञा तीन हप्ताका लागि थपेको छ। जापानको नौ प्रान्तमा जारी निषेधाज्ञा थप तीन हप्ताका लागि लम्ब्याएको समाचारहरुमा उल्लेख छ।

पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण दर घटे  पनि अझै खतरामुक्त नरहेको भन्दै जुन २० तारिखसम्मका लागि सङ्कटकाल विस्तार गरिएको जापानी अधिकारीलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ।

त्यहाँका रेस्टुरेन्टहरुलाई मदिरा बेच्न वा प्रत्यक्ष सेवा दिन रोक लगाइएको छ। यस्तै, विद्यालय बन्द गरिएका छन् भने ठूलो खालका भेला तथा सम्मेलन गर्दा स्वास्थ्य सुरक्षाका नियमलाई पालना गर्नुपर्ने उल्लेख छ।

Advertisement