November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

९० दिनभित्र कोरोनाको उत्पतिबारे अध्ययन प्रतिवेदन बुझाउन गुप्तचर निकायलाई वाइडेनको आदेश

3.5K

न्यूयाेर्क- कोरोना भाइरसको उत्पत्तिबारे बढ्दो विवादको बीच अमेरिकी राष्ट्रपति जो वाइडेनले उत्दगमस्थलबारे अध्ययन गर्न गुप्तचर निकायहरुलाई आदेश दिएका छन्।

उनले ९० दिन भित्र अध्ययन गरिसक्न गुप्तचर निकायका प्रमुखहरुलाई आदेश दिएका हुन्।

‘आफ्नो अध्ययन क्षमता र गतिलाई दोब्बर बनाएर ९० दिनभित्र मलाई ब्रिफिङ्ग गर्नू,’ वाइडेनले गुप्तचर तथा कूटनीतिक निकायलाई वक्तव्यमार्फत् निर्देशन दिएका हुन्।

Advertisement

सन् २०१९ को अन्त्यतिर चीनको हुवेइ प्रान्तको उहानमा पहिलोपटक कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसयता विश्वभर कोरोनाबाट १६ करोड ८० लाखभन्दा बढि संक्रमित भएका छन्। यस्तै कोरोनाबाट विश्वभर ३५ लाखभन्दा बढी मानिसको मृत्यु भएको छ।

उहानको समुद्री खाद्यान्न बजारबाट मानिसमा कोरोना सरेको चिनियाँ अधिकारीले बताएका थिए। वैज्ञानिकहरुले भने जनावरबाट मानिसमा भाइरस सरेको हुन सक्ने बताउँदै आएका छन्।

यद्यपि, कतिपयले कोरोना उहानस्थित प्रयोगशालाबाट चुहावट भएर मानिसमा सरेको आंशका गर्दै आएका छन्।